हामी येशुलाई पछ्याउछौं कसको लागी सुसमाचार नपुगेका जातिको निम्ति!!

 

हामि येशुलाई विश्वास गर्छौ किनकी उहाँमा मुक्ती छ र हामी येशुलाई पछ्याउछौ सुसमाचार नसुनेका जातिको मुक्तीको निम्ति।  शुन्दर पाउ नेपाल सुसमाचार नपुगेका हिमाली (तिब्बतियन) जातिलाई सुसमाचारको निम्ति समर्पित समुह हौं । हामी येशुको रगतद्वरा किनिएकाहरु हौं । येशु नै हाम्रो अगुवा र उत्कन्ठ चाहना हो यो सबै येशुले यी जातिहरुलाई गर्ने महान प्रेमको कारणले नै हो । हाम्रा मुक्तिदाता येशुको प्रेम गर्ने महान ह्रदयको बारेमा बुझ्ने र उहाँको राज्यमा आनन्द लिनको लागी सुसमाचार नसुनेका जातीहरुको सबभन्दा बढी आवश्यक्ता र सबभन्दा कम अवसर छन् भन्नेमा हामी के विश्वास गर्दछौं । त्यसकारण यी जातिहरुको  निमित्त हामी येशुलाई पछ्याइरहन्छौं र यस्ता छापहरु छोडन चाहन्छौं जसद्वरा  संसारको सबभन्दा अँध्यारो ठाउँहरुमा पनि जीवन प्रदान गरोस र समुदायमा आशाका किरणहरु पलाओस । 

 

दर्शन: तिब्‍बतियान जातिहरुको जिवन रुपान्तरण।

मिसन: सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिहरुको माझमा येशुको वचनलाइ पुर्याउनु 

लक्ष्य

  • सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिको निम्ती विश्वासी, मण्डली र विश्वासीहरुलाई परिचालन गर्ने
  • विभिन्न मातृभाषाहरुमा मौखिक, लिखित परमेश्वरको वचनको पहुँच बढाउने ।
  • तालिम दिने र सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिको माझमा पठाउने ।
  • लक्ष्य

रणनिती

  • प्रार्थना गर्ने र अघि बढने, परमेश्वरमा भरोशा राख्दै, भविश्य परमेश्वरको हातमा छ ।
  • एकअर्कामा प्रेममा जडा गाडिएर सेवा गर्ने ।
  • दयाको सेवकाई गर्दै जाने ।
  • येशुको जिवन प्रतिविम्बित गर्ने ।
  • सुसमाचारलाई संस्कृति सुहाउदो तरिकाले सुनाउने ।
  • चेला निर्माण अभियान

 

हरेक दिन ४७,००० मानिसहरु  येशूको वचन नसुनी मर्छन्।

Your encouragement is valuable to us

Your stories help make websites like this possible.